९ कार्तिक २०८३, सोमबार

टीकापुर घटनाको अविलम्ब निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौँ, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यही भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको अविलम्ब निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाले हस्ताक्षर गरी आज जारी गरिएको विज्ञप्तिमा सो घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी र दुई वर्षीय बालकको समेत ज्यान लिने गरी भएको हिंसात्मक घटनाको भत्र्सना गरिएको छ ।

मृतकको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै जनताको जनधनको सुरक्षा गरी मुलुकमा तत्काल शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

अहिलेको जटिल परिस्थितिबाट धैर्य र संयम भई कुनै पनि दललाई थप उत्तेजित हुने अभिव्यक्ति नदिन आग्रह गर्दै उहाँले संवादको माध्यमबाट समस्याको समाधान खोज्न सुझाव दिनुभएको छ ।

घटनाका दोषीको पहिचान गरेर कानुनको दायरामा ल्याई कारबाही गर्न तथा सामाजिक सद्भाव कायम राख्न र संयमित रहन सबैलाई आग्रह गरिएको छ ।

पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको उपचारका क्रममा नेता थापा भारतको मेदान्त अस्पतालमा रहेकामा आजैँ नयाँ दिल्लीबाट स्वदेश फर्कनु भएको हो । महामन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ । रासस