९ कार्तिक २०८३, सोमबार

कैलालीको टीकापुर घटनामा संलग्न चार जना पक्राउ, गोप्य अनुसन्धान हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-1
फाइल फोटो

टीकापुर, ८ भदौ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका एसएसपीसहित मारिनेगरी भएको घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय टीकापुरले चारजना पक्राउ गरेको जनाएको छ । तर, उनीहरुको परिचय भने खुलाएको छैन ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेकाले परिचय गोप्य राखिएको हो । सोमबार टीकापुरमा भएको दोहोरो भीडन्तमा परी सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी कर्मचारी एक बालकको मृत्यु भएको थियो । झडपमा ५० भन्दा बढी घाइते भएका छन् ।