९ कार्तिक २०८३, सोमबार

यी हुन् कैलालीको टीकापुरमा आन्दोलनकारीबाट मारिएका इन्सपेक्टर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inceptor-bohara-bista

भीमदत्तनगर, ८ भदौ । कैलालीको टीकापुरमा प्रहरी र थरुहट आन्दोलनकारीबीच भएको हिंसात्मक झडमा परी कञ्चनपुर घर भएका दुई प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सोमबार दिउँसो भएको झडपमा परी सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित दुईजना प्रहरी निरीक्षकको पनि मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहरा रहेको प्रहरीले जनाएको छ । मृतक प्रहरी निरीक्षक विष्ट र बोहराको परिवारजन अहिले शोकमा डुबेका छन् । मृतक बिष्टका श्रीमती, तीन छोरी र एक छोरा छन् भने मृतक बोहराका श्रीमती र दुई छोरा छन् । रासस