भैरहवा । रुपन्देही क्रिकेट एकेडेमी भैरहवामा जारी एकेडेमी क्रिकेट लिगमा विजयी भएको छ । शनिबार भएको खेलमा वेष्टर्न क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गर्दै रुपन्देहीले जित दर्ज गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको रुपन्देहीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रनको बलियो योगफल खडा गर्यो । उसका लागि जावेद खानले ३३, राजन यादवले २७, समोहम्मद खानले २६, मोहम्मद युसुफले २१, सज्द अलीले १५ र आयुश भण्डारीले १० रन जोडे ।
बलिङमा वेष्टर्नका कृष्ण पन्थी र सम्राट पोखरेलले २–२ तथा पुस्कर रायमाझीले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको वेष्टर्न २३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३० रनमै समेटियो । उसका लागि अर्पण तिमिल्सिनाले २६, कृष्ण पन्थीले २३ र सम्राट पोखरेलले १८ रन बनाए ।
बलिङमा रुपन्देही क्रिकेट एकेडेमीका कृष्ण यादवले ६, सज्द अली, सर्भेस बरई र जावेद खानले १–१ विकेट लिए । खेलमा कृष्ण यादव प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशाला र देवदहमा क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।
जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ । ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले पहिलोपटक एकेडेमी लिग आयोजना गरेको हो ।











प्रतिक्रिया