९ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्स जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulanceरौतहट, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् ।

केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए । रासस