१२ मंसिर २०८३, शनिबार

वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध, कुलमानले गरे स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन् ।

उनलाई पार्टीका अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर पार्टीमा स्वागत गरे ।

बज्राचार्यलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा समेटिएको पार्टीले जनाएको छ ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यको आबद्धताले पार्टीको नेतृत्व थप अनुभवी र प्राज्ञिक बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।