भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिकाबाट प्रहरीले बेवारिसे बन्दुक बरामद गरेको छ ।
गस्तीको क्रममा आमचोकमा एक थान भरूवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राकेश राईले जानकारी दिए ।
अस्थायी प्रहरी चौकी दुम्माना भोजपुरबाट गस्ती गर्ने क्रममा आमचोक गाउँपालिका वडा नम्बर ८ खलङ्गास्थित सानो सालघारी सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक लुकाई छिपाई राखिएको बेवारिसे अवस्थामा फेला परेको प्रहरी निरीक्षक राईले बताए ।
बरामद गरिएको भरुवा बन्दुक सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया