११ मंसिर २०८३, शुक्रबार

एनटी फाइबर सेवाको माग बढेपछि व्यवस्थापन सुदृढ गर्दै नेपाल टेलिकम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको छ ।

उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने यस सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि सम्पूर्ण सेवाग्राहीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । कम्पनीले प्राप्त माग अनुसार सेवा जडान गर्दै जाने र गुणस्तर सुनिश्चितताको प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सेवाग्राहीको बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेको छ । कतिपय कार्यालयहरुमा मागको चाप बढेको तथ्य हृदयंगम गरी आवश्यक व्यवस्थापकीय सुदृढीकरण कार्य प्राथमिकताका साथ भइरहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्दै आपूर्ति श्रृंखला अवरुद्ध हुन नदिन कम्पनी अहोरात्र प्रयासरत छ । साथै, नेपाल सरकारको कम्पनी भएकोले आपूर्ति श्रृंखला व्यवस्थापनमा विधिवत प्रक्रिया अवलम्बन गरी निरन्तर रुपमा सेवा प्रवाहका लागि आवश्यक कार्य भइरहेको छ ।

एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले कम्पनीलाई सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरित गरेको टेलिकमले जनाएको छ ।