११ मंसिर २०८३, शुक्रबार

भारत ‘ए’लाई हराउँदै श्रीलंका ‘ए’ एसिया कपको फाइनलमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत ‘ए’लाई ८ विकेटले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोहामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा भारत ‘ए’ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका ‘ए’ले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

श्रीलंकाको जितमा लसिथ क्रुसपुले ११६ र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेलेका थिए । निशान मधुस्काले अविजित ५८ तथा कप्तान पवन रत्नायकेले अविजित ३१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

भारतका अभिषेक शर्माले ७८, शहबाज अहमदले अविजित ५४, कप्तान तिलक वर्माले ५३ रन, वैभव सूर्यवंशीले ४० रन बनाएका थिए ।

श्रीलंकाका बलर रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुन धनञ्जयले दुईदुई विकेट लिएका थिए ।

श्रीलंका ‘ए’ले अब फाइनलमा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीचको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।