काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।











प्रतिक्रिया