१० मंसिर २०८३, बिहिबार

चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल (तस्वीरहरूसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ।

सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो।

परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो।

सामान खसाल्ने परीक्षणमा लक्ष्य बिन्दुबाट अधिकतम १०० मिटरभित्र सामान झार्ने लक्ष्य राखिएको थियो। तर, वास्तविक परीक्षणमा ५० मिटरमा सामान खसाल्न सफल भएको कम्पनीले जनाएको छ।

उक्त ड्रोनको कार्गो राख्ने कक्षको क्षमता १८ घनमिटर रहेको छ। यसको अधिकतम उडान भार ७ टन र अधिकतम सामान बोक्ने क्षमता ३।५ टन रहेको छ।

यो ड्रोनले तीन हजार किलोमिटरभन्दा बढी दूरीसम्म उडान भर्न सक्छ। साथै, उच्च हिमाली तथा पठारी क्षेत्रमा पनि उडान भर्न र अवतरण गर्न सक्ने यसको क्षमता रहेको छ। यसका लागि २०० मिटर दूरीको धावनमार्ग पर्याप्त हुने बताइएको छ।