१० मंसिर २०८३, बिहिबार

‘भिसा लिडरसिप कन्क्लेभ’मा माछापुच्छ्रे बैंक सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक लिमिटेडले ‘एक्सिलेन्स इन पिओएस एक्वायरिङ बिजनेस – एशोसियट क्लायन्ट अवार्ड प्राप्त गरेको छ ।

पीओएस एक्वायरिङ बिजनेसअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको बैंकले जनाएको छ ।

यस अवार्डसँगै भिसाबाट माछापुच्छ्रे बैंकले लगातार तेस्रोपटक सम्मान प्राप्त गरेको हो । यसअघि बैंकले सन् २०२४ मा एक्सिलेन्स इन पिओएस एक्वायरिङ बिजनेस र सन् २०२३ मा एक्सिलेन्स इन पिओएस एक्वायरिङ – एशोसियट मेम्बर अवार्ड प्राप्त गरेको थियो ।

बैंकका अनुसार भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।