काठमाडौं । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् ।
ढकाल र डाँगीबीच बिहीबार विवाह सम्पन्न भएको हो ।
ढकाल र डाँगीको विवाहमा रास्वपा सभापति रवि लामिछाने दम्पती झापा पुगेका थिए ।
मुकुल ढकाल रास्वपाको जग हाल्ने र सुरुवाती दिनमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन् ।











प्रतिक्रिया