काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका क्रममा नेपालको सीमा विवादको विषय नउठाएको भन्दै प्रश्न गरेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका शाहले प्रधानमन्त्री भएपछि भारत भ्रमणका क्रममा उक्त विषय किन नउठाएको भन्दै ओलीले प्रश्न गरेका हुन् ।
ओलीले मेयर हुँदा कार्यकक्षमा राखेको नक्सा र प्रधानमन्त्री भएपछि भारत भ्रमणका क्रममा अपनाएको व्यवहारबीचको अन्तरबारे जवाफ मागेका छन् ।
भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखिएपछि तत्कालीन मेयर शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । उक्त कदमलाई उनले नेपालको ऐतिहासिक भूभाग र राष्ट्रिय स्वाधीनतासँग जोडेर प्रस्तुत गरेका थिए ।
तर, प्रधानमन्त्रीका रूपमा शाहको भारत भ्रमणमा सीमा विवादले अपेक्षित प्राथमिकता पाएन । भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले बाँकी सीमा समस्यालाई परराष्ट्र सचिवस्तरबाट समाधानको प्रयास अघि बढाउने सहमति गरेका थिए ।
भारत भ्रमणमा आर्थिक सहयोग, पूर्वाधार, हवाई तथा रेल सम्पर्कलगायतका विषयमा सहमति भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवादमा राजनीतिक तहमा ठोस सहमति हुन सकेन ।
यसै सन्दर्भमा ओलीले मेयर हुँदा देखाएको ‘ग्रेटर नेपाल’को नक्सा र प्रधानमन्त्रीका रूपमा भारतसँगको व्यवहारलाई जोडेर शाहसँग जवाफ मागेका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि सीमा विवादको विषयमा सरकारको अडान र कूटनीतिक प्राथमिकताबारे राजनीतिक बहस सुरु भएको छ ।
यो पनि
वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ : ओली
भदौ २४ बारे केपी ओली– राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छ ?











प्रतिक्रिया