काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कसैलाई सहज हुने वा नहुने आधारमा निर्वाचन रोक्न नमिल्ने बताए ।

“कसैलाई सजिलो हुन्छ भनेर चुनाव नगर्ने भन्ने हुँदैन। संविधानअनुसार चल्नुपर्छ, हुकुमबाट चल्ने होइन,” ओलीले भने ।
उनले निर्वाचन संविधानअनुसार निर्धारित समयमै हुनुपर्नेमा जोड दिएका छन् ।












प्रतिक्रिया