काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते)देखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन मंसिर २४ गतेसम्म र बढीमा पुस १३ गतेसम्म खुला रहनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरे मंसिर २४ गतेसम्म अवधि थप हुनेछ ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।











प्रतिक्रिया