१० मंसिर २०८३, बिहिबार

सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने नेकपा (नयाँ बहुमत)को निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने भएको छ ।

नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता भई नेकपा (नयाँ बहुमत) पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय गरिएको संयोजक धमेन्द्र बास्तोलाले जानकारी दिए ।

दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्णता बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का संयोजक बास्तोलले पद केन्द्रीत नेतृत्व प्रणालीको अन्त्य गरी वास्तविक विचार केन्द्रीत सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरिएको जानकारी दिए ।

उनले देशमा व्यापक रोजगारीको अवसर सृजना हुनेगरी तत्काल ठोस कदम चाल्न सरकारलाई दवाव दिने बताए । उनले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क, नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क हुुनुपर्ने र प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था संविधानको मौलिक हकमा नै भएकाले त्यसको तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराए ।

संयोजक बास्तोलाले संविधानले सुनिश्चित गरेका नागरिकको हक, अधिकारलाई निजीकरण र व्यापारीकरण गरिएको भन्दै सरकारको आलोचना समेत गरे ।

त्यसैगरी, पार्टीले नेपालमा नयाँ जनविद्रोहबाट मात्रै श्रमजीवि जनताको हितमा काम गर्न सकिने निष्कर्ष निकाल्दै त्यसको तयारी जुटने जिकिर पनि गरेको छ ।

संयोजक बास्तोलाले सत्ता दलाल पूँजीवादी भएकाले देशका श्रमजीवि जनताको पक्षमा काम गर्न नयाँ वैज्ञानिक समाजवादी क्रान्ति गर्नुपर्ने अवस्था रहेको बताए ।