३० आश्विन २०८३, शुक्रबार

टीकापुर घटनाका आक्रमणकारीलाई खोजीखोजी कारबाही गर्छु : प्रहरी महानिरीक्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendrakanta-Aryalकाठमाडौं, ८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टीकापुरमा प्रहरी कर्मचारीको हत्या गर्ने जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले टीकपुर आक्रमण र हत्यालाई आततायीको संज्ञा दिनुभएको छ ।

महानिरीक्षक अर्यालले विज्ञप्ति जारी गरेर प्रहरी कर्मचारीको हत्या गर्ने कायरतापूर्ण कार्य गर्नेलाई कानुनको दायरामा ल्याइने बताउनुभयो ।

‘कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरूमाथि भएको कायरतापूर्ण आक्रमणमा संलग्न व्यक्तिलाई जुनसुकै हालतमा पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै यस असहज घडीमा आफ्नो कर्तव्यमा किन्चित पनि विचलित नभइ व्यावसायिक संयमता, कौशलता तथा धैर्यता प्रदर्शन गर्दै राष्ट्रसेवामा अझ बढी अग्रसर हुन समेत सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्दछु’, महानिरीक्षक अर्यालले भन्नुभएको छ ।

उहाँले नेपाल प्रहरीका पाँच जना होनहार बहादुर, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले कर्तव्यपालनको शिलशिलामा सहादत प्राप्त गरेको घटनाले आफू अत्यन्र्त मर्माहत भएको बताउनुभएको छ ।

टीकापुर आक्रमणमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशर बोहरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको आन्दोलनकारीले हत्या गरेका थिए । Nepal-Police-Tikapur