५ कार्तिक २०८३, बिहिबार

केयुकेलको काम, राजधानीका सडक भत्काउने, मर्मत नगर्ने, जनतालाई दुःख दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu-ko-Sadakकाठमाडौं, ८ भदौ । सडक विभाग र काडमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)बीच समन्यवय नहुदाँ राजधानीमा सडक भत्काउने तर मर्मत नगर्ने क्रम बढेको छ ।

वर्षातका बेला पनि खानेपानी मर्मतका लागि केयुकेयलले सडक संरचना भत्काएपछि राजधानीका अधिकांश सडक अस्तव्यस्त भएका छन् ।

खानेपानी र ढलको पाइप विछ्याउन भत्काइदै गरेको र पाइप विच्छ्याएर माटोले पुरिएका सडकमा राजधानीबासी सकसपूर्ण यात्रा गरिरहेको समाचार कारोबार दैनिकले छापेको छ ।

पाइप विछ्याएर पनि प्राविधिक समस्या देखाएर पुनः भत्काउने क्रम अझै जारी छ।