काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । उनीहरु हिजो राति ११ः१५ बजे ‘क्याथे प्यासिफिक’ एयरलाइन्स हुँदै हङकङबाट काठमाडौँ आएका थिए ।
उनीहरूले मलद्वार र भित्री वस्त्रमा २ केजी ३ सय ४८ ग्राम सुन लुकाएर ल्याएका थिए ।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ग्वाङ्दोङकै ३५ वर्षीया लिन जिनपिङ छन् ।











प्रतिक्रिया