काठमाडौं, ७ भदौ । नेकपा एमालेले कैलालीको टीकापुरमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै एमालेले शान्तिसुरक्षामा खटिएका प्रहरी अधिकृत तथा जवानहरूमाथि भएको हिंसात्मक आक्रमण तथा हत्याबाट अत्यन्त स्तव्ध र गम्भीर भएको जनाएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘नेकपा एमाले यस निन्दनीय घटनाको घोर भ्रत्र्सना गर्दछ । कत्र्तव्य पालनाको सिलसिलामा जीवन गुमाउने सुरक्षाकर्मीहरू लगायत सबै मृतकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित राहत दिन माग गर्दछ । यस जघन्य घटनाको गहिरो छानबीन गर्न, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र संविधान जारी हुन नदिन भइरहेका षडयन्त्रपूर्ण गतिविधिहरूलाई विफल पार्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
यस्तो छ कैलाली घटनाबारे एमाले स्थायी समितिको बिशेष प्रस्ताव यस्तो छ :
नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ संविधानसभा भवन, नयाँ बानेश्वरमा बस्यो । बैठकमा कैलाली लगायत विभिन्न जिल्लाहरूमा घटित हिंसात्मक घटनाबारे गम्भीर छलफल भयो । बैठकले देहायको प्रस्ताव पारित गरेको छ :
आज दिउँसो कैलालीको टीकापुरमा शान्तिसुरक्षामा खटिएका प्रहरी अधिकृत तथा जवानहरूमाथि भएको हिंसात्मक आक्रमण तथा हत्याबाट नेकपा (एमाले) अत्यन्त स्तव्ध र गम्भीर भएको छ । जनताको दशकौं लामो सङ्घर्षको परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएर मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति एवं आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्न लागिरहेको घडीमा घटित घटनाले संविधान बन्न नदिन गम्भीर षडयन्त्र भइरहेको तथ्यलाई पुष्टि गरेको छ । सरकारले वार्ताकै माध्यमबाट सीमाङ्कन लगायत बिषयमा रहेका समस्या समाधान गर्न सकिने स्पष्ट पारिसकेको परिप्रेक्ष्यमा घटित यस्ता घटना संविधान बन्न नदिने, साम्प्रदायिक सद्भाव बिथोल्ने र मुलुकलाई अस्थिरतातिर धकेल्ने उद्देश्यले घटाइएका प्रायोजित घटना हुन् भन्ने स्पष्ट छ । भीडलाई संयम हुन सम्झाइबुझाइ गरिरहेका र कत्र्तव्य पालनामा खटिएका प्रहरी अधिकृत र जवानहरूलाई नियन्त्रणमा लिएर क्रूर हत्या गर्ने, जिउँदै जलाउने, घरमा पसी निहत्था विद्यार्थीको हत्या गर्ने, कलिला बालकमाथि समेत गोली प्रहार गर्ने जस्ता नृशंस घटनाबाट आन्दोलनमा आपराधिक तत्वहरूको घुशपैठ भएको पुष्टि हुन्छ ।
नेकपा (एमाले) यस निन्दनीय घटनाको घोर भ्रत्र्सना गर्दछ । कत्र्तव्य पालनाको सिलसिलामा जीवन गुमाउने सुरक्षाकर्मीहरू लगायत सबै मृतकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित राहत दिन माग गर्दछ । यस जघन्य घटनाको गहिरो छानबीन गर्न, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र संविधान जारी हुन नदिन भइरहेका षडयन्त्रपूर्ण गतिविधिहरूलाई विफल पार्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । यस्ता घटनाबाट रत्तिभर विचलित नभई संविधान निर्माणको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सम्बद्ध सबै पक्षलाई विशेष आह्वान गर्दछ । आफ्ना मागहरूलाई शान्तिपूर्ण र उपयुक्त ढङ्गले अगाडि सार्न, सङ्घीयताका बिषयमा रहेका समस्याहरूलाई वार्ताका माध्यमबाटै समाधान खोज्न र सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कमजोर हुने कुनै पनि गतिविधिमा सङ्लग्न नहुन सम्वद्ध सबैमा हार्दिक आह्वान गर्दछ ।
प्रदीप ज्ञवाली
सचिव, केन्द्रीय सचिवालय















प्रतिक्रिया