७ मंसिर २०८३, सोमबार

एनभिडियाको सीईओमा फेरि जेन्सेन हुआङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको घोषणा गरेको छ ।

सोमबार कम्पनीको सञ्चालक समितिले हुआङलाई पुनः जिम्मेवारी सुम्पने सर्वसम्मत निर्णय गरेको हो ।

एक चिनियाँ महिलासँग सम्बन्ध रहेको आरोपका बीच जेन्सेनले नोभेम्बर १२ मा पदबाट राजीनामा दिएका थिए ।

जेन्सेनको राजीनामापछि सञ्चालक समितिले उनीसँग धेरै चरणमा छलफल गरेको थियो ।

उनलाई नियुक्त गर्ने निर्णयअघि सञ्चालक समिति अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरूसँग पनि छलफलमा बसेको थियो ।

अमेरिकी सरकारबाट प्राप्त सुझावका आधारमा सञ्चालक समितिले हुआङको पुनः नियुक्तिले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपुर्‍याउने निष्कर्ष निकालेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच, सञ्चालक समितिले अन्तरिम सीईओको रूपमा काम गरेकी कोलेट क्रेसप्रति आभार व्यक्त गरेको छ । क्रेस कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकामा रहेकी छन् ।