
काठमाडौं, ७ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले कैलालीको टीकापुरमा भएको घटनाले मर्माहत र दुःखि भएको जनाएको छ ।
थरुहट मञ्चकातर्फबाट सोमबार विज्ञप्ति जारी गरेर सभासद रुक्मिणी चौधरीले स्थानीय प्रशासनले आन्दोलनकारीमाथि बल प्रयोग गरी दमन गरेपछि घटनाले असामान्य परिस्थितिको मोड लिएको बताउनुभएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमाथि स्थानीय प्रशासनले गरेको दमनको परिणाम सुरक्षाकर्मी र आन्दोलनकारी दुबैतर्फ ठूलो हताहत भएकोले त्यसको सबै जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्छ’, चौधरीले भन्नुभएको छ, ‘घटना घटिसकेपछि पनि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी स्थानीय सर्वसधारणलाई खोजीखोजी बर्बरतापूर्वक मानवअधिकार विरोधी काम गरिहेको छ । यस्ता कार्य रोकिनु पर्छ ।’
उहाँले घटनालाई संयमित बनाउन सबैमा अपील पनि गर्नुभएको छ । ‘स्थानीय प्रशासन राजनीतिक दलका नेता नागरिक समाज वुद्धिजीवी तथा थारु अगुवा समेतको छलफलमा घटनालाई साम्य पार्न आग्रह गर्दछु’, सभासद चौधरीले भन्नुभएको छ ।















प्रतिक्रिया