७ मंसिर २०८३, सोमबार

मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनकामनाको पहिलो लक्जरी होटलका रूपमा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्टले सफलतापूर्वक एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

चितवन को–इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित रिसोर्टले मंसिर ८ गते आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

मनकामनामा स्तरीय र सुविधासम्पन्न आतिथ्य सेवा प्रदान गर्दै धार्मिक तीर्थाटनका अतिरिक्त यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो । रिसोर्टका अनुसार पहिलो वर्षको व्यावसायिक यात्रा उत्साहजनक र सन्तोषजनक रहेको छ ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण भएको रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो गरी सञ्चालनमा आएको थियो । संस्थापक श्रेष्ठप्रतिको सम्मान र उनको योगदानको स्मरणस्वरूप रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालनमा आएको दिनकै अवसर पारेर गरिएको थियो ।

रिसोर्टले आगामी दिनमा पनि संस्थापक श्रेष्ठको दूरदृष्टिलाई आत्मसात् गर्दै सेवा र सुविधाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो वर्षको यात्रामा साथ, सहयोग र सुझाव प्रदान गर्ने पाहुना, कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय तथा पर्यटन क्षेत्रका सरोकारवालाप्रति रिसोर्टले आभार व्यक्त गरेको छ । त्यस्तै, व्यावसायिक साझेदार ट्राभल एजेन्सी तथा आतिथ्य क्षेत्रसँग आबद्ध संस्थाहरूको सहयोगलाई पनि रिसोर्टले महत्वपूर्ण मानेको छ ।

मनकामनालाई धार्मिक पर्यटनमा मात्र सीमित नराखी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप स्तरीय सेवा र नयाँ गतिविधि सञ्चालन गर्ने रिसोर्टले जनाएको छ ।