७ मंसिर २०८३, सोमबार

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि (रिटेल पल्स ड्युरेसन)मा परिमार्जन गरिएको छ । यस अनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ गतेको निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको हो । अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा यो पल्स दर पहिलेदेखि नै कायम थियो । अब बाँकी देशहरुमा समेत भोलि मंसिर ८ गतेदेखि नयाँ पल्स दर लागू हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नुपर्छ ।

विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।