६ मंसिर २०८३, आइतबार

भारतीय क्रिकेटर युजवेन्द्र चहल भाजपामा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार स्पिनर युजवेन्द्र चहल भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्दै राजनीतिमा प्रवेश गरेका छन् ।

चहल शनिबार भाजपाको नयाँ राष्ट्रिय ओबीसी मोर्चाको कार्यकारी समितिमा ‘विशेष आमन्त्रित सदस्य’का रूपमा पार्टीमा सामेल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३६ वर्षीय चहल भारतीय क्रिकेट टोलीका लेग स्पिनर हुन् ।

चहलले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा पनि भारतको प्रतिनिधित्व गरिसकेका छन् ।

टी–२० क्रिकेटमा ४०० विकेट लिने पहिलो भारतीय बलर बन्न सफल भएको कीर्तिमान चहलको नाममा छ ।

यसअघि हालै भाजपाले अर्का पूर्वक्रिकेटर हरभजन सिंहलाई पार्टीमा सामेल गरेको थियो ।