५ मंसिर २०८३, शनिबार

निजी क्षेत्र बलियो नभएसम्म रोजगारी सिर्जना हुँदैन : सभामुख अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सव उद्घाटन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनका साथ समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन नसक्ने, देश धनी नभएसम्म रोजगारी सिर्जना नहुने र आफै रोजगारी सिर्जना गर्न नसकेसम्म युवालाई विदेश जानबाट रोक्न नसकिने भएकाले निजी क्षेत्रलाई उकास्ने र बलियो बनाउनुपर्नेमा जोड दिए ।

देश समृद्ध बनेमा त्यसको लाभ सबैका लागि हुने उनको भनाइ छ । साथै, उनले लायन्स क्लबमा एकढिक्का र निस्वार्थ भावले लागेर समाजसेवा गरिएजस्तै देश निर्माणमा लाग्नुपर्ने धारणा राखे ।

स्वर्ण महोत्सवका अवसरमा लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो । आगामी दिनमा समाजमा रहेका विकृतीको न्युनीकरण गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकासहित काम गर्दै जाने लायन्स कल्ब अफ पोखराले जनाएको छ ।