काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त अब केहीबेरमा सुरु हुँदैछ ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भर्खंरै भएको टस जितेर सुदूरपश्चिमले पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो ।
सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुगेको हो । पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।
लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो । लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ ।











प्रतिक्रिया