काठमाडौँ, ७ भदौ । कैलालीमा सुरक्षाकर्मीमाथि भएको आक्रमणको घटनाको बारेमा जानकारी दिने क्रममा प्रधानमन्त्री सुशील कोइराला संसदमै भावुक बन्नुभएको छ ।
प्रहरीका एसएसपीसहित २१ जना मारिएपनि प्रधानमन्त्री बोल्दाबोल्दै आफूलाई थाम्न सक्नुभएन् । एकछिन प्रधानमन्त्रीले रुँदै सबैलाई भावुक बनाउनुभयो । संसदमा सान्नटा छायो । व्यवस्थापिका–संसद्को आजको बैठकमा करिब १ मिनेटसम्म रुनुभएका प्रधानमन्त्रीले घटनामा संलग्न जो सुकैलाई पनि कारवाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शान्ति, विकास र लोकतन्त्रको स्थायित्वका लागि मुलुक अघि बढिरहेको र संविधानको बारेमा सारा नेपाली चिन्तित रहेको अवस्थामा यस्तो दुःखद घटना हुनु दुर्भाग्यपूर्ण हो भन्नुभयो ।
महिला, आदिवासी जनजाति, मधेसीलगायतले उठाएका सवै मागलाई पूरा गर्न नसकिए पनि मुख्य मुख्य मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “कैलालीको टीकापुरमा घटनाले सबैलाई अत्यन्त संवेदनशील तुल्याएको छ, ।”
संविधान नआओस् भनेर केही पक्षबाट बिथाल्ने प्रयास पनि भइरहेको छ, २००७ सालदेखि उठेको विषय ६५ वर्षपछि पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ भन्दै प्रधानमन्त्री कोइरालाले संयम र धैर्यका साथ मुलुकमा आइपरेका समस्यालाई सम्बोधन गरेर जाने अभियानमा सहयोग पु¥याउन आह्वान गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “ उत्तेजना होइन, साम्प्रदायिक र धार्मिक सद्भाव कायम गरौँ ।”
















प्रतिक्रिया