४ मंसिर २०८३, शुक्रबार

ललितले दिलाए नेपाललाई चौथो सफलता, शतक प्रहार गरेका भारत ‘ए’का कुशाग्र आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ मा भारत ‘ए’विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।

भारत ‘ए’का कुमार कुशाग्र ११७ रन बनाएर आउट भएका हुन् ।

४३ औं ओभरको दोस्रो बलमा नेपाली बलर ललित राजवंशीले उनलाई बोल्ड गरे ।

कुशाग्रले ९४ बलमा शतक प्रहार गरेका थिए । उनको भारत ‘ए’ करियरको यो तेस्रो शतक हो ।

जारी खेलको ४३.२ ओभरमा भारतले ४ विकेटको क्षतिमा २४८ रन बनाएर खेलिरहेको छ ।