काठमाडौं, ३ असार । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीलाई ‘चुँडेको चंगा’को संज्ञा दिनुभएको छ ।
कान्तिपुर टेलिभिजनका लागि पत्रकार विजय पौडेललाई अन्तरवार्ता दिँदै नेता ओलीले एमाओवादी चुँडेको चंगा भएकाले त्यो कहाँ खस्छ, त्यसैले उसको भविष्य निर्धारण गर्ने बताउनुभयो ।
‘एमाओवादी चुँडेको चंगा हो, मैदानमा खस्यो भने शान्ति र रुपान्तरणको बाटोले त्यो बच्ला, पानीमा खस्यो भने सकिन्छ ।’–सांकेतिक रुपमा एमाओवादीको व्यंग्य गर्दै उहाँले शान्ति प्रक्रिया र अहिलेको संविधानसभालाई उपयोग गर्ने एमाओवादीको रणनीतिको आलोचना गर्नुभयो ।
नेता ओलीले अध्यक्षको चुनावी मैदानमा देखिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अभिभावक भएर बस्न सुझाव पनि दिनुभयो । नेता नेपालले आफूलाई गरेको व्यंग्यप्रति उहाँले दुःख पनि व्यक्त गर्नुभयो ।
उहाँले नवौं महाधिवेशनबाट सर्वसम्मतिले आफ्नै नेतृत्वमा नयाँ टिम आउने दाबी समेत गर्नुभयो ।














प्रतिक्रिया