३ मंसिर २०८३, बिहिबार

कांग्रेस देउवा समूहको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा । नेपाली कांग्रेस देउवा समूहको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार सम्पन्न भएको पार्टीको नियमित १५ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट सुनसरी सभापतिमा श्रेष्ठ चयन भएका हुन् ।

त्यसैगरी, जिल्ला सचिवमा मनिष राई र सह–सचिवमा रोशनकुमार खड्का चयन भएको पार्टीले जनाएको छ ।

युवा परिचालन, विद्यार्थी राजनीति, पार्टी संगठन, विदेशमा जनसम्पर्क विस्तार र सामाजिक अभियान हुँदै जिल्ला नेतृत्वसम्म आइपुगेका श्रेष्ठको राजनीतिक यात्रा लामो र विविध जिम्मेवारीले भरिएको छ ।

देउवा समूहले यसअघि श्रेष्ठलाई सुनसरी जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो ।

संयोजकका रूपमा जिल्लाभर संगठन विस्तार, अधिवेशनको तयारी तथा विभिन्न तहमा नेतृत्व चयन प्रक्रियामा समन्वय गर्दै आएका श्रेष्ठ अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

लामो समयदेखि कांग्रेसको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय श्रेष्ठको राजनीतिक यात्रा युवा परिचालनबाट सुरु भएको हो ।