काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ ।
आजको कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् ।
भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने आचार्यले बताए ।
यसैबीच, आजै दिउँसो ३ बजेदेखि कार्की कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।












प्रतिक्रिया