२ मंसिर २०८३, बुधबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५४, सिसिटिभिमार्फत २९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १२२, हर्न निषेधमा १०, अवस्था ठिक नभएको २ जना लेन क्रस २ जना, एकतर्फि २ जना र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।