काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको मध्यम लक्ष्य दिएको छ ।
मंगलबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाएका थिए भने ईशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै, लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले दुई/दुई विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक/एक विकेट लिएका थिए ।












प्रतिक्रिया