काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो सदस्यता उपलब्ध गराउने बदलामा युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन अमेरिकी वार्ताकारहरूले प्रस्ताव गरेको खुलासा गरेका छन् ।
जेलेन्स्कीका अनुसार अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटोको सदस्यता दिने बदलामा पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने प्रस्ताव गरेको हो ।
उनका अनुसार अमेरिकी पक्षले युक्रेन नेटोमा सामेल भए डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको थियो ।
उनले शनिबार सार्वजनिक गरेको टिप्पणीमा यस्तो प्रस्ताव पहिलोपटक आएको बताएका हुन् ।
तर अमेरिकाले उक्त प्रस्तावको आधिकारिक पुष्टि गरेको छैन ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौताका विभिन्न विकल्पमाथि छलफल भइरहेको छ ।
अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि जेलेन्स्कीलाई भेट्न आयरल्यान्डको राजधानी डब्लिन पुगेका थिए ।
युक्रेनले लामो समयदेखि नेटो सदस्यताको माग गर्दै आएको छ ।
युक्रेनले आफ्नो सार्वभौम भूभाग त्याग्न नसक्ने अडान राख्दै आएको छ । रुसले भने डोनबासका बाँकी क्षेत्र समेत युक्रेनले छाड्नुपर्ने बताउँदै आएको छ ।
जेलेन्स्कीले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनामाथि प्रतिबन्ध नलगाइने व्यवस्था र पुनर्निर्माणका लागि आर्थिक सहयोग सुनिश्चित भए शान्ति प्रस्तावलाई जनमत संग्रहमा लैजान सकिने बताएका छन् ।











प्रतिक्रिया