२९ कार्तिक २०८३, आइतबार

विमानस्थलबाट २२ करोड मूल्यको लागुऔषधसहित भारतीय पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य पर्ने साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। लागुऔषधसहित भारतीय नागरिक ५२ वर्षीय रेवराज टिघारे पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट काठमाडौं आएका टिघारेको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको हो। शनिबार बिहान शंकास्पद लागेपछि प्रहरीले उनको सामान जाँच गरेको थियो।

महाराष्ट्रका स्थायी बासिन्दा टिघारेको यसअघि लाओसबाट काठमाडौं हुँदै भारत गएको दुई पटकको यात्रा विवरण पनि भेटिएको प्रहरीले जनाएको छ। उनको भ्रमण अभिलेखमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडिया पनि देखिएको छ।

प्रहरीका अनुसार उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको आशंका गरिएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको छ।