२९ कार्तिक २०८३, आइतबार

अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने र ढुंगा बोकाउने हर्क साम्पाङको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई ढुंगा बोकाउने र जेल हाल्ने चेतावनी दिएका छन् । चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांक (ठट्टा) लाई लिएर साम्पाङले जेल हाल्ने चेतावनी दिएका हुन् । यस्तै उनले मल्ल चर्चित अभिनेत्री नभएको समेत टिप्पणी गरेका छन् ।

साम्पाङले लेखेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन् । उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्याङ्क गरिन् । यो आपराधिक कार्य हो । हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ ।’

शनिबार चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ल लगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो । नाटकपछि कालाकारलाई प्रहरीले पक्राउ गरेको भन्दै गलत प्रचार समेत गरिएको थियो । लगत्तै साम्पाङले समेत स्टाटस लेख्दै कलाकार पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए ।

पछि पक्राउको नाटक गरिएको थाहा पाएलगत्तै उनले स्टाटस हटाएका थिए । त्यस लगत्तै फेरि उनी आज अभिनेत्री मल्लविरूद्व उत्रिएका हुन् ।