२८ कार्तिक २०८३, शनिबार

एनपीएलको प्लेअफ समीकरण पूरा, विराटनगर किंग्स बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ ।

जितपछि लुम्बिनी शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर्स खेल्ने भएको छ ।

आजको खेलसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको हो । प्लेअफमा लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेको छ । जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएको छ ।