२८ कार्तिक २०८३, शनिबार

गृहमन्त्री गुरुङ र युएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन युएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावास पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन् । 

गृहमन्त्री गुरुङ युएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।