काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन् ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाउन कम्तिमा ५४ सदस्यको समर्थन आवश्यक छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ ।











प्रतिक्रिया