२८ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२१, रेड लाइट उल्लंघन गर्ने ३६, सीसीटीभीमार्फत पहिचान भएका ३०, सवारीको अवस्था ठीक नभएका २१, अनावश्यक हर्न बजाउने १०, लेन अनुशासन उल्लंघन गर्ने ६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ४ जनामाथि कारबाही गरिएको छ ।

यसैगरी, अन्य कसुरमा ३३९ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।