३० आश्विन २०८३, शुक्रबार

४० लागेकी दीपाश्री भन्छिन्-‘भर्खर जवानी चढ्दैछ, विहे दिपकसँगै हुनसक्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepa-nirulaकाठमाडौं । हाँस्य अभिनेत्री दिपाश्री निरौलाको आज जन्मदिन । उनी आजबाट चालिस वर्षमा प्रवेश गरेकी छन् । विगत दुई दशक देखि नेपाली फिल्म एवं हाँस्य व्याङ्ग्य क्षेत्रमा कार्यरत दिपाश्रीलाई जन्मदिनको अवसर पारेर उनका दर्शकले सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् ।

हाल आफ्नै लगानीमा निर्माण गरिएको चलचित्र ‘वडा नं ६’को प्रचारप्रसारमा व्यस्त रहेकी दिपाश्रीले जन्मदिनमा सञ्चारकर्मीलाई आफ्नो जीवनका बारेमा कुराहरु खोलेकी छिन् । ४० लागेकी दिपाश्रीले आफू १७ वर्षकी ठिटी जस्तै जवान रहेको बताइन् ।

विराटनगरमा जन्मिएकी दीपाश्री अविवाहित छन् । बिहे बारे सोधिएको प्रश्नमा ठट्यौली शैलीमा दिपाश्रीले भनिन्-‘भर्खर जवानी सुरु भयो । बिहे त पक्का गर्छु ।’ विहे कोसँग भन्ने प्रश्नमा सँगै रहेका दिपकराज गिरीतर्फ इशारा गर्दै उनले आफूहरु अस्थायी श्रीमान-श्रीमती भएको बताइन् । ‘सम्भवत विहे पनि उसैसँग हुन्छ’ उनले भनिन् ।