काठमाडौं । तीज गीतमा अश्लील डान्स गरेर चर्काे आलोचना खेपिरहेकी छिन् गायिका ज्योती मगर ।
उनलाई एक जना गायकले त ब्लू फिल्म खेल्न सम्मको सुझाव दिए । यसैक्रमम गायिका ज्योती मगरको नेपाली चलचित्र उद्योगकी चर्चित नायिका झरना थापाले पनि आलोचना गरेकी छिन् ।
तीज गीतमा अश्लील डान्स गरेर विकृति ल्याएको भन्दै झरनाले कडा जवाफ फर्काएकी हुन् । ज्योती मगरको प्रस्तुतिबारे प्रतिक्रिया दिदै नायिका थापाले भनिन्-‘भद्धा दृश्यहरु प्रस्तुत गरेर मात्र पनि नयाँपन दिन्छु भन्नु मुर्खता मात्रै हो ।’
अहिले नेपाली तीज गीत संगीतमा नयाँपन ल्याउने हिसाबले थालिएको प्रयास एक हिसाबले सकारात्मक भएतापनि त्यसलाई ‘युनिकनेस’ दिन कला आवश्यक पर्ने उनको धारणा छ ।
त्यसैले गीतको भावअनुसार दृश्य, शब्द छनौट र त्यसले भोलिका दिनमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई निर्माता निर्देशक, अभिनय गर्ने कलाकार सबैले ख्याल गर्नु जरुरी रहेको नायिका थापाको सुझाव छ ।
यस्तो थियो तीज गीतमा ज्योती मगरको अश्लील डान्स :
















प्रतिक्रिया