२७ कार्तिक २०८३, शुक्रबार

धुरन्धर २ र पुष्पा २ पछि ८ दिनमै १००० करोड बढी कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘रामायण’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रणवीर कपुरको प्रदर्शनरत फिल्म ‘रामायणः भाग १’ले बक्स अफिसमा इतिहास रचेको छ ।

प्रदर्शनमा आएको ८ दिनभित्रै यसले विश्वभरि १ हजार ३३.५५ करोड भारीय रुपैयाँको कमाइ गरेको हो ।

नितेश तिवारीले निर्देशन गरेको यो चलचित्र सबैभन्दा छोटो समयमा १ हजार करोड रुपैयाँको क्लबमा प्रवेश गर्ने चलचित्रहरूको सूचीमा सामेल भएको छ ।

१ हजार करोड रुपैयाँको आँकडा छुने यो तेस्रो सबैभन्दा छिटो भारतीय चलचित्र बनेको हो ।

रणवीर सिंहको धुरन्धर २ र अल्लु अर्जुनको पुष्पा २ ले ७ दिनमै उक्त आँकडा (१००० करोड) पार गरेको थियो ।

यसैबीच, रामायणः भाग १ ले आज सर्वाधिक कमाइ गर्ने चलचित्रहरूको सूचीमा रहेको शाहरुख खानको चलचित्र ‘पठान’लाई उछिन्‍न सक्छ ।

‘पठान’ले १ हजार ५० करोड भारतीय रुपैयाँ कमाएको थियो ।