काठमाडौं । रणवीर कपुरको प्रदर्शनरत फिल्म ‘रामायणः भाग १’ले बक्स अफिसमा इतिहास रचेको छ ।
प्रदर्शनमा आएको ८ दिनभित्रै यसले विश्वभरि १ हजार ३३.५५ करोड भारीय रुपैयाँको कमाइ गरेको हो ।
नितेश तिवारीले निर्देशन गरेको यो चलचित्र सबैभन्दा छोटो समयमा १ हजार करोड रुपैयाँको क्लबमा प्रवेश गर्ने चलचित्रहरूको सूचीमा सामेल भएको छ ।
१ हजार करोड रुपैयाँको आँकडा छुने यो तेस्रो सबैभन्दा छिटो भारतीय चलचित्र बनेको हो ।
रणवीर सिंहको धुरन्धर २ र अल्लु अर्जुनको पुष्पा २ ले ७ दिनमै उक्त आँकडा (१००० करोड) पार गरेको थियो ।
यसैबीच, रामायणः भाग १ ले आज सर्वाधिक कमाइ गर्ने चलचित्रहरूको सूचीमा रहेको शाहरुख खानको चलचित्र ‘पठान’लाई उछिन्न सक्छ ।
‘पठान’ले १ हजार ५० करोड भारतीय रुपैयाँ कमाएको थियो ।











प्रतिक्रिया