काठमाडौं, १७ चैत । दुई सातापछि नेपाली बजारमा आउन लागेको सामसुङ ग्यालेक्सी एस फाइभको नेपाली आग्रहले अग्रिम बुकिङ गर्न पाउने भएका छन्।
कोरियाली स्मार्टफोन निर्माता सामसुङ मोबाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली उपभोक्तालाई अग्रिम बुकिङको सुविधा दिएको हो।
त्यसका लागि उपभोक्ताले आगामी २४ गतेसम्म आईएमएसको फेसबुक पेजबाट फाराम डाउनलोड गरेर भरी फारामसहित १० हजार रुपैयाँ सामसुङका बिक्री केन्द्र वा सामसुङ स्मार्टफोन क्याफेमा बुझाउनुपर्नेछ। कम्पनीले नेपालमा ग्यालेक्सी एस फाइभको औपचारिक बिक्री सुरुआत भने आगमी २८ गते गर्दैछ। अग्रिम बुकिङ गर्ने ग्राहकले तीन हजार आठ सय रुपैयाँ पर्ने सामसुङकै ुएस भ्युु नामक स्मार्ट उपकरण सित्तैमा पाउनेछन्।











प्रतिक्रिया