९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा डेरा लिएर बस्दै आएका युवकको चार तला माथिबाट खसेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । काठमाडौंमा डेरा लिएर बस्दै आएका एक व्यक्तिको चार तलाबाट खसेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३३ रातोपुल साँग्रिला मार्ग डेरा गरी बस्ने काभ्रे खरेलथोक–३ घर भएका सुमन लामाको चार तल्ला माथि छतबाट खसेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

आइतबार घरको छतबाट खसेर गम्भिर घाइते भएका लामालाई उपचारको लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।