काठमाडौं, ७ भदौ । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट थप तीन जनाको मृत्यु भएको छ ।
बिनाशकारी भूकम्पले भत्किएको टोखा नगरपालिका-१३ गोंगबुस्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने आइतबार क्रममा ३ जनाको मानव कंकाल फेला परेको हो ।
भूकम्पको समयमा बेपत्ता भएका होटल संचालिका पाल्पा हेलाङ–९ घर भएकी २८ वर्षीया भुमिकला रेग्मी सिंजाली, उनकी छोरी अनुष्का सिंजाली र कामदार नुवाकोट मदानपुर–१ घर भएका १८ वर्षीय मुकेश बर्देवाको कंकाल आइतबार भग्नावेष हटाउने क्रममा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कंकालको शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम भइरहेको छ ।















प्रतिक्रिया