काठमाडौं । तिहारको रमझममा मन्त्रालयमै मदिरासहित भोज गरेको आरोप लागेपछि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् ।
उनले साथीहरूसँग सामान्य भेटघाटका लागि आयोजना गरिएको भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा भएको दाबी गरेका छन् ।
फेसबुकमा लेख्दै पुनले भोजका लागि आफूले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु तथा सागसब्जी किन्न मात्रै खर्च गरेको उल्लेख गरेका छन् ।
उनका अनुसार भोजका लागि आवश्यक परिकार चित्र र लुकेश नामका साथीहरूले पकाएका थिए भने ह्विस्की, वाइन, कोदोको रक्सी र बियर पनि साथीहरूले नै ल्याएका थिए ।
आलोचना भएपछि पुनले उक्त भोज जीवनकै अन्तिम भोज भएको जनाएका छन् ।
उनले पत्रकारहरूले आफूले देश नै बिगारेजस्तो गरी आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘सत्तेसत्ते धरोधर्म मैले ढाँटेको होइन । माफ पाँउ पत्रेकार सरकारहरु ! ठूलो गल्ती भएछ’ पुनले लेखेका छन् ।













प्रतिक्रिया